रुबार्इ – सिजन दाहाल

रुबार्इ – सिजन दाहाल

आफ्नै छाँया आज भोलि अर्को लाग्दैछ
गोधुलीको घाम पनि चर्को लाग्दैछ
एक्लोपनमा सम्झनाहरु हल्ली खल्ली मचाउछन
मौनता नि त्यसै त्यसै झर्को लाग्दैछ

************

सिंगो जीवन तिमीलाई नै दाइजो दिएको हु

न फाट्नु थियो फाट्यो मन सके जति सिएको हु

होस् हावास तन मन सबै हरेर लग्यौ

पिउनु हुन्न थाहा छ बिर्सनलाई पिएको हु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्