कविता: “अब म नेता बन्छु” – नारायण भुसाल

कविता: “अब म नेता बन्छु” – नारायण भुसाल

अब म नेता बन्छुnarayan
रातो काडको दुरुपयोग गर्छु
जनातालाई सास्ती नै सास्ती दिन्छु
कालोबजारी गर्नेलाई भरणपोसण गर्छु
गुण्डा नाईके घरमा पाल्छु
पुलिस प्रशासनलाई निरिह पार्छु
चुनाबका बेला सबैलाई नमस्कार गर्छु
अरु बेला लात हान्छु

घुस खान्छु, भ्रष्टाचार गर्छु
शहरभरि आतंक मच्चाउछु
मेरो बिरुद्ध बोल्नेको गलो काट्छु
राम्रा काम गर्नेको खुट्टा तान्छु
विदेशी शक्तिका अगाडि निरिह बन्छु
उनीहरुका खुट्टा ढोग्छु
छोराछोरीको लागि स्कलरसिप मिलाउछु
जनताको करबाट तलब खान्छु
विधार्थीहरुलाई टायर बाल्न भन्छु
अगाडि पछाडि सेनाप्रहरी राख्छु
गुण्डाहरुलाई मन्त्री बनाउँछु
राम्रा राम्रा युवालाई विदेश पठाउँछु
बलात्कार गर्नेलाई छुटकारा दिन्छु
बलात्कार पीडितलाई फाँसी दिन्छु
चुनाब हारेकालाई  न्यायधिश बनाउँछु
मेरो बिरुद्ध लेख्ने पत्रकारलाई मानहानीको मुद्दा भिराउँछु
विकासका लागि आउने बजेटबाट गाउँ डुल्छु
ठेक्कापठ्ठा आफै लिन्छु नदिए नेपाल बन्द गर्छु
आर्थिक वर्षको अन्त्यमा मात्र देखावटी बिकास गर्छु
बचेको रकम सबै कुम्लाउछु
अर्बौको बिल पेस गर्छु
तस्करहरुसंग साँठगाँठ गर्छु
सुन तस्करीलाई सजिलै छुटाउँछु
प्रहरीसंग ब्रिफ केस मगाउँछु
नदिए डिमोसन गरिदिन्छु
ब्यापारीसंग कमिसन माग्छु
जनतालाई मूल्यबृद्धि गरिदिन्छु
चुनावका बेला लाज पचाउँदै
जनताका घरघर जान्छु , ठूलाठूला गफ पिट्छु,
नेपाललाई सिंगापुर नै बन्छ भन्दै
टाठा बाठा भन्नेहरुलाई रक्सि र मासुको अफर गर्छु
नमान्नेलाई गुडा लगाउँछु

संस्थानहरुमा संगठन  खोल्छु
सबै कर्मचारीलाई कार्यकर्ता बनाउँछु
नमान्नेको सरौटि गरिदिन्छु
संसद भवनमा दादागिरी झार्छु
कार्यक्कर्ताहरुलाई बजेट माग्छु
नदिए कुर्ची टोड्छु

जनतालाई बाटोमा माग्न पठाउँछु
हस्पिटल भित्र पनि राजनिती गर्छु
डाक्टरलाई कठपुतली बनाउँछु
माफियासंग साँठगाँठ गर्छु
कलेजहरुलाई सम्वन्धन दिन भन्छु
नदिए अनसन बस्छु,  सडक, संसद अनि सरकार तताउँछु

आफुलाई रुघाखोकी लागे विदेश जान्छु
जनताको पैसाबाट संसार घुम्छु

क्यानमा अनि एन्फामा पनि राजनीति गर्छु
खेलाडीको तलब गोजातिर हाल्छु
आफ्ना मान्छे मात्र टिममा पार्छु
मौकामा चौका हान्छु
भ्रष्टाचारीलाई सभाषद् बनाउँछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्