हिन्दी फिल्म ‘तेवर’मा नेपाली

<span class='c1'>हिन्दी फिल्म</span> <span class='c2'>‘तेवर’मा नेपाली</span>

tarzarn_in_hindi_film
धेरैलाई थाहा नहुन सक्छ, शुक्रबार रिलिज हिन्दी फिल्म ‘तेवर’मा नेपाली कलाकार टार्जन उर्फ राजीव मानन्धरको पनि अभिनय रहेको छ । कयौ नेपाली फिल्ममा खलनायकको रुपमा दर्शकमाझ चिनिएका उनी ‘तेवर’मा छोटो भुमिकामा देखा परेका हुन ।
केही नेपाली दर्शक टार्जनलाई हिन्दी फिल्ममा देखेपछि झुक्किएका थिए । नारायणगढमा फिल्म हेरेर निस्किएका एक दर्शकले भने- ‘पहिले त हाम्रो नेपाली टार्जन जस्तै रैछ जस्तो लागेको थियो तर पछि थाहा पाँए, टार्जनले नै हिन्दी फिल्म खेलेको रहेछ ।’
केहि नेपाली कलाकार बलिउड पुग्दा ठुलै समाचार बन्ने भए पनि टार्जनले भने सुटुक्कै बलिउड टेकेका हुन । त्यसैले उनलाई एक्कासी हिन्दी फिल्ममा देख्दा आफुलाई निकै खुशी लागेको निर्देशक तथा सेन्सर बोर्ड सदस्य सुरेश दर्पण पोखरेलको प्रतिक्रिया छ ।
अजंगको शरिर र डरलाग्दो अनुहारका कारण नेपाली फिल्ममा जमेका टार्जनले बलिउडमा पनि राम्रो ख्याति कमाउने सम्भावना देखिन्छ । ‘तेवर’ लगतै अन्य केहि फिल्ममा पनि टार्जन अनुबन्धित भइसकेको बताइएको छ ।
Source: Namastefilmy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्