मुर्ख बन्दकर्ताहरु -नारायण भुसाल

मुर्ख बन्दकर्ताहरु -नारायण भुसाल

अनेक माग पुरा गर्न
नेपाल बन्द गर्ने भन्यौnarayan
जनतालाई सास्ती दिदै
सडकहरू सुन्य पार्दै
बाटाभरी ट्यार बल्दै,
सवारीसाधन तोडफोड गर्दै
हिड्छौ अनि फेरी भन्छौ
गरिबका लागि राजनीति गर्छौं,
आफुलाई सबैभन्दा ठुलो क्रान्तिकारी सम्झन्छौ
गरिब, किसन अनि मजदुरहरुको नेता सम्झन्छौ
तर
दिनभरी मजदुरी गरेर साँझ पेट पाल्नेहरुको
पेट भोको भएको के वास्ता गर्दैनौ
अनि
अझै पनि जनताकै लागि लडेको भन्छौ
साच्चै तिमि कति मुर्ख छौ !
कति अज्ञानी छौ !

स्कुलहरु सान्ति क्षेत्र हुन् भन्दै
भाषण गदै हिड्छौ अनि
स्कुल जान नपाएका ति कलिला नानीहरुको
वास्तै नगरी
बिद्यालय बन्द गर्छौ, स्कुलका बसहरु तोडछौ
जताततै दादागिरी झार्छौ
साच्चै तिमि कति मुर्ख छौ,
कति अज्ञानी छौ !

बिदेशी डलर तिरेर नेपाल घुम्न आउने
ति पर्यटकको के दोष छ बरा ?
किन अचानो बनाउछौ ?
हस्पिटल जान नदिएर
एम्बुलेन्स भित्रै उनको ज्यान जाँदा
तिमीलाई केहि मतलब छैन,
एम्बुलेन्स पनि तोडफोड गर्छौ
सूचना संकलन गर्ने ति पत्रकारहरु पनि सवारी साधान तोडछौ
साच्चै तिमीहरु कति मुर्ख छौ
कति अज्ञानी छौ !

घर जान विदेशबाट फर्केको उसको बरा
के पो दोष छ र ?
गन्तब्यमा पुग्न होडेको उ आज
बाटोमा भौतारिएको छ, लुटिएको छ
तर तिमीलाई उसको के मतलब
आफुले माथिबाट बन्द गर्ने अडर पाएकै छौ
ठूलाठूला नेताहरुको कठपुतली हुदै
कुरै नबुझी तिमि बाटोमा उत्रिन्छौ
साच्चै तिमि कति मुर्ख छौ ?
कति अज्ञानी छौ !

सारकारलाई दबाब दिने भन्छौ
बाटाभरि दादागिरी झारेर जनतालाई सास्ती दिदै हिड्छौ
तर अंह
अब म चुप लगेर बस्दिन
बाटोमा उत्रिन्छु, तिम्रा विरुद्ध नाराबाजी गर्छु
हाम्रो नेपाल खुल्ला छ भन्छु
तिमीलाई सामाजिक बहिस्कार गर्न भन्छु
आमा बुबा दाजुभाइ सबैको साथ माग्छु
अनि बन्द खोल्दै हिड्छु
किनकि
तिम्रा यी बन्दले आज म अजित भएको छु
देशले खर्बौ रकम गुमाएको छ
कयौं जुनी पछाडी धकेलेको छ
संसारका सामु मेरो देश बदनाम भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्