माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रम

माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रम

नुवाकोटमा माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रमको आयोजना गरिएको छ । नुवाकोटको तारुकामा १६ र गेर्खुको बेत्रावतीमा ८ हल गोरु जुधाइँदैछ । bull fightतारुकामा सय वर्षभन्दा लामो समयदेखि निरन्तर गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाइँदै आएको हो । गोरुको प्रतिष्पर्धा हेर्न ३० हजारभन्दा बढी व्यक्ति सहभागी हुने आयोजकको अपेक्षा छ । गोरुले प्रतियोगिता जिते गाउँमा आफ्नो फूर्ति नै बेग्लै हुने भएकोले पनि तारुका र धादिङ खाल्डेका किसानहरूले गोरु पालनमा विशेष ध्यान पु¥याउँछन् ।

किम्बदन्ती अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा रहेको आफ्नो मामाघर आउँदा उनलाई मनोरन्जन दिलाउन गोरु जुधाइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्