साइकल यात्री सौरभ दाहाल मोडलिङ तिर

साइकल यात्री सौरभ दाहाल मोडलिङ तिर

साइकल यात्री सौरभ दाहाल यती बेला मोडलिङ तिर परिचय बनाउन खोजीरहेका छन् । saurab dahal
साइकल मै संसार घुमेका दाहाल अहिले रामकृष्ण ढकालको स्वरमा रहेको जहाँ रहेपनि मेरो देश स्वर्ग लाग्छ..... लाग्छ भन्ने गितमा मोडलिङ गर्न भ्याएका छन् । आफैले निर्माण गरेको भिडियोको निर्देशन भने बेल्जियममा बस्दै उज्वल केसीले गरेका हुन् । अनलाईन रिलिज गरिएको राष्ट्रिय गीत यतिबेला यूट्युवमा लोकप्रिय रहेको दाहालले दाबी गरेका छन् ।
आफ्नो युरोप यात्राको क्रममा सौरवले निर्माण गरेको यो गीतका शब्द कल्पना खरेलले संकलन गरेकी हुन् भने संगीत ओम प्रकाश राइको छ ।
म्युजिक भिडियोमा सोफिया महर्जनको कोरियोग्राफी रहेको छ । भिडियो निर्देशन उज्वल केसीले गरेका हुन् । अनलाइन रिलिज भएको छोटो समयमै यो गीतको भिडियो निक्कै लोकप्रिय बनेको छ । साइकल यात्री दाहालले पहिलो गीतबाट आफूले पाएको रेस्पोन्सबाट निक्कै उत्साहित भएको बताए ।
जहाँ रहेपनि मेरो देश स्वर्ग लाग्छ..... बोलको यो गीतमा विदेशमा बस्ने नेपालीको मनभित्र हुने देशप्रेमलाई उतारिएका कारण गीतले धेरै प्रवासी नेपालीको मन जितेको उनले बताए ।
नेपाललाई शान्तिका अग्रदुत भगवान गौतम बुद्धको देशकोरुपमा चिनाउन साइकलमा विश्वका ६९ भन्दा बढी देशको भूमिमा पाइला टेकेका दाहालले विभिन्न देशमा रहेका नेपालीको देशप्रतिको भावनालाई आफूले नजिकबाट अनुभव गरेको देशप्रेमलाई गीत र भिडियोमा उतार्ने प्रयास गरेको बताए ।
यस अघि दाहालले नविन के भट्टराईको गीतमा पनि अभिनय गरेका थिए ।
नेपाली मनको आवाज बोल्ने यो गीतको भिडियोको शुटिङ अष्ट्रेलिया, युरोपका विभिन्न शहर र काठमाडौंमा गरिएको छ ।
हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्