‘ हो मैले मान्छे कमाऊन सकिन ‘ – सबिन दाहाल

‘ हो मैले मान्छे कमाऊन सकिन ‘ – सबिन दाहाल

हो मैले मान्छे कमाऊन सकिन ।  sabin dahal

हावा गफलाई मैले कहिलै ठिक हो भन्न सकिन
न तालि नै बजाऊन सके बकमफुसे कुरामा
नराम्रा कुरालाई वाह वाह भन्न नसकेर नै होला,

हो मैले मान्छे कमाऊन सकिन

कुराहरु सबै तेरै ठिक हुन भन्दैमा मेरो के जान्थियो र
रातोलाई कालो भन्दिदा के नै बिग्रिनथियो र
सबै खोला धाऊनेको भिडमा कुवा खोज्ने भएर नै होला ,

हो मैले मान्छे कमाऊन सकिन

बोल्ने बोलि रहन्थियो सुन्न नसक्नु मेरो कम्जोरी हो
मनका भावनालाई शव्दमा ढाल्न किन सक्दिन???
त्यही शव्द हरुमा डुबुल्की मारेर शव्द जाल बून्न नसक्दा ,

हो मैले मान्छे कमाऊन सकिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्