नयाँ वर्ष(कविता) – सुरज सुवेदी

नयाँ वर्ष(कविता) – सुरज सुवेदी

 

नयाँ वर्षले पोहोर जितेको
रनिङ सिल्ड फिर्ता ल्याईदिएको छ
अगिल्लो फाईनल जित्ने र हार्ने
पुन: मैदानमा छन् ।

नयाँ वर्ष, एक रूटको गाडि जस्तो
वर्षदिनमा
आईपुगेको छ नयाँ स्टेशन,
ओर्लिएर अर्को गाडि चढ्नुछ ।

नयाँ वर्षमा केहि कुरा नयाँ हुदैनन्
केवल संकल्प वदलिन्छ
उमेर, जिम्मेवारी र सपना त
नौला हुँदैनन्,
पोहोर पनि वढेकै थिए, परार पनि ।

नयाँ वर्ष गुफाको प्रवेशद्वार जस्तो
र आउने दिन त्यसभित्रको यात्रा,
जति अगाडि हिँडिन्छ, त्यति वाटो वुझिन्छ ।
नहिँडे जहाँको त्यहि ।

नयाँ वर्ष
रूख घाँसको हाँगो जस्तो
हरेकवर्ष काटिदा पनि
पलाईरहन्छ ।

स्वयम्भुको खुड्किला जस्तो
यात्रा जीन्दगी
चढ्नेलाई उकालो
ओर्लनेलाई ओरालो
नयाँ वर्ष वाहाना
ओर्लने र चढ्नेको ।

यसपटकको नयाँ वर्षले
पोहोर जस्तै वग्ने प्रेरणा देओस्
पोहोर जस्तै हाँस्ने कारण देओस्
पोहोर जस्तै काम गर्ने जाँघर देओस् ।

गएका वर्षहरू आधार हुन् घरका
आउने वर्षहरू तला
पुराना वर्षलाई नभुलि अडियोस् यो वर्ष
जग वलियो भए घर वलियो हुन्छ ।

र मिल्छ भने
नयाँ वर्षले नेपाली जनतालाई संविधान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्