हात काटि दिया थिएँ, चुनावमा लेख भनि
देखिएन लेखेको त्यो, संविधान धारा गनि!!
बम फुटे लाठी चले, देखेनौ के चुनावमा
तर पनि पुरा गरेँ, कर्तव्य त्यो निडर् बनि!!
तर जब परिणाम, बेला यो पाउनु पर्ने
लागेकाछौ उनै पछि, बल्यो मन यो दन्दनि!!
सहमति लचक्ता त, मागिखाने भाँडो तिम्रो
फुटाउन कसरत, सके जति कनि कनि!!
पुरानो त्यो शैलि तिम्रो, बद्लिएन कसै गरि
कसरि आउने तिमी, मेरा सामु फेरी पनि!!
सच्च्यौ कि त समयमै, नत्र विश्वास् गरिदैन
रहिन म धोखा खाई, माफ गर्ने मन्को धनि!!