मेरा बा ( शहीदको सपना )

मेरा बा ( शहीदको सपना )

आन्दोलन गर्ने भनी हिंडेका बा

फर्कदै फर्केनन

आमा पनि खै कता हिडिन

बालाई पर्खदै पर्खिनिन

अलिकती भएको श्रीसम्पती पनि

साहुउको हातमा कसरी गयो थाहै भएन

म पनि

तिमी जस्तै

घाम खाँदै

झरी खाँदै

दुई चार बोतल लाउने भाको छु

शहिदज्यु हजुर पनि  एक प्याक तान्ने कि

आज त जर्किन नै बोकी अाकाेछु ।

 

कसैले भन्छन

मेरा बालाई गोली लागेको

कसैले भन्छन

मेरा बालाई डाेरिको फासी लागेको

तिम्रो नाममा कतिले पद जमाए

बाको नाममा कतिले दाम कमाए

तिमीलाई पनि कसैले पुज्दैनन

शहिदको छोरो  भनी

मलाई पनि कसैले पुच्दैनन

त्यसैले मन भुलाउन

आज टुन्न लोकल ठर्रा लाको छु

शहिदज्यु एक घुटकाे लाउने कि

अाज त जर्किन नै बोकी आको छु  ।

 

मेरै कोटामा

खै को डाक्टर बनी आयो रे

मेरै बाको नाममा पैसो निकालेर

खै कसले कती खायो रे

तिमी पनि बिच सडकमा दिन कटाउदै छौ

म पनि सडक छेउमा रात कताउदै छु

म पनि तिमी जस्तै जिउदो शहीद भाको छु

आज शहिद दिवस भएर हाे की

सधैं भोको भए पनि

आज पेट भरी पाको छु

त्यसैले

टुन्न पेवाेर लोकल लाको छु

शहिदज्यू हजुर पनि

एक प्याक तान्ने कि

आज त जर्किन नै बोकी आको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्