९९ रुपैयाँ ऋण नतिर्दा मुद्दा

९९ रुपैयाँ ऋण नतिर्दा मुद्दा

कसैले ९९ रुपैयाँ ऋण लिएको भन्दै अदालतमा मुद्धा परेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर सत्य हो । जिल्लाको सन्तपुरस्थित कृषि सहायक रामाश्रयप्रसाद यादवले एक जना बृद्ध बिरुद्ध त्यस्तै मुद्धा दायर गरेका छन । उनले मुद्धा दायर गर्नका लागि वकिललाई लिखत तयार पार्न ४ हजार खर्चेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

चन्द्रपुर नगरपालीका-५ का ८० बर्षीय दिलबहादुर पुरी बिरुद्ध यादबले ९९ रुपैयाँ नतिरेको भन्दै माघ १३ गते मुद्धा दायर गरेका हुन् । उनले लिखतमा ०२८ सालमा ९९ रुपैयाँ ऋण लिएको र सोही रकममा १ कठ्ठा जमिन तथा घर दिने सर्त गरेको उल्लेख गरेका छन् ।

यादवले अदालतमा दिएको घरजग्गा खिचोला हक कायम चलन मुद्दामा उल्लेख गरेको सबै बुँदाहरु झुठो भएको पुरीले जनाए । 'मैले यादव संग ९९ रुैपा ऋण लिएकै छैन्' उनले भने, 'म माथि झुठो मुद्दा लगाउने काम भयो ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्