“फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश” (गजल) – शर्मिला अधिकारी

“फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश” (गजल) – शर्मिला अधिकारी

ताजुव लाग्छ मलाई कस्तो रै छ यो देश
फाईदा जो गुमाउने यस्तै रै छ परिवेशsharmila adhikari
संविधान बनाउने दल तथा नेताहरू
फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश
विकासको त्यो नाममा आफ्नो स्वार्थको निम्ति
सिङ्गो देश चिरेर आज माग्दैछ प्रदेश
कोही धम्क्याउँदै छन् त कोही झुठा अभिव्यक्ति
सत्ता प्राप्तिका लागि वहुरुपी त्यो भेष
विकास भन्दा पनि विनाशतिर हाम्रा नेता
कस्तो राम्रो त्यो विचार यही रहेछ विशेष ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्