अमेरिकामा नेपालीलाई १० करोड चिट्ठा

अमेरिकामा नेपालीलाई १० करोड चिट्ठा

अमेकिाको टेक्सासामा खाद्यान्न स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) को चिट्ठा जितेका छन् । उनको स्टोरबाट बिक्री भएको चिट्ठा ‘ज्याकपट’मा परेपछि उनी ‘पावरबल’बाट हकदार बनेका हुन् । चार जनालाई संयुक्त रुपमा परेको ज्याकपटबाट उनको भागमा मात्र १० लाख डलर आएको हो । शिवाकोटी बिहीबार बिहानै स्टोर खोल्न पुग्दा आँगनमा केही मानिस झुम्मिएका थिए । त्यो देखेर सुरुमा उनी स्टोरमा केही भयो कि भन्ने शंकामा परेका थिए । तर एकैछिनमा त्यो अन्यौलमा अपार खुसीमा परिणत भयो । बुधबार खोलिएको उक्त चिट्ठा अमेरिकाकै पाँचौं ठूलो हो । चिट्ठा सञ्चालक टेक्सास लोटरीका अनुसार बिक्रेता स्टोरहरुले सम्बन्धित राज्यमा बिक्री भएका चिट्ठा रकममध्ये १ प्रतिशत पाउने प्रावधान अन्तर्गत शिवाकोटीको भाग्य चम्किएको हो । ४० मिलियन अमेरिकी डलरबाट सुरु हुने उक्त चिट्ठाको रकम बिक्रीसँगै बढ्दै जान्छ । अमेरिकाका ४४ राज्य, वासिङटन डीसी र भर्जिन आइल्याण्डमा समेत चिट्ठा खेलिँदै आएको छ । यो समाचार कान्तिपुरले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्