“सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस् , नेपाल बन्द हैन ” – हास्यकलाकार गिरी

“सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस् , नेपाल बन्द हैन ” – हास्यकलाकार गिरी

हास्य कलाकार दिपकराज गिरीले एमाओवादीले गर्ने भनेको हाम हड्तालको बिरोध गरेका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै हाम हड्तालको बिरोध गरेका हुन । उनले नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ भनेर आफूले अहिलेसम्म बुझ्न नसकेको बताएका छन् ।

उनले आफ्नो स्टाटसमा अगाडि लेखेका छन्,‘फेरि ३ दिने आमहडताल रे । सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस्,साँच्चै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्नुहोस्, नत्र तपाइहरुको यो ३ दिने हडतालले कति मजदूरहरु भोकै सूत्न बाध्य हुनेछन् ।’

उनले अझै अगाडी थपेका छन् ‘संविधान निर्माण गर्न नसक्ने नि तपाइँहरु बन्द , हड़ताल गरेर निमुखाहरुलाई भोक हड्तालमा धकेल्ने नि तपाईहरु ?’

 

 

Nepalpati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्