गर्मीमा स्किनको सुरक्षा गर्ने पाँच तरिका

गर्मीमा स्किनको सुरक्षा गर्ने पाँच तरिका

गर्मी मौसमा स्किनका कति समस्या लिएर पनि आउँछ । विशेषहरु भन्छन्, ‘स्किनको चमकका लागि क्लिनिजिङ, टोनिङ र मश्चराइजिङका साथै पोषणयुक्त आहार पनि जरुरी हुन्छ  । ’मेडिकल सर्वसेज एन्ड आर एन्ड बीकी उपाध्यक्ष र काया स्किन क्लिनिककी मुख्य डाक्टर संगीता वेलासकरले यो मौसममा आफ्नो छालाको हेरचाहका लागि केही सुझाव पस्केकी छिन् ।

घामबाट जोगाउँ

यस्तो सनस्क्रिनको प्रयोग गर्नुपर्छ, जसले घामबाट जोगाउने क्षमता राख्छ । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ ।

सरसफाइ अनिवार्य;

छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु जरुरी छ ।

स्क्रबको प्रयोग;

छालालाई रुखो र सुख्खा  हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ । स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन् ।  यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ ।

पोषणयुक्त खाना :

गर्मिमा पानी धेरै खानुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि काँक्रो, करेला, पालक, तरबुजा, लिचिजस्ता खानेकुरा खानुपर्छ ।

 

Source: Swasthiya khaber

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्