केही खाको छैन – प्रेम ओलि

<span class='c1'>केही खाको छैन</span> <span class='c2'>– प्रेम ओलि</span>

 पेट कटक्क काट्यो

दिसा पनि फाट्यो

छाती भटक्क गर्‍यो

छोरो ठहरै पर्‍यो

सरकारी मान्छे अहिलेसम्म

कोही आको छैन

म पनि बिमार छु

औषधी पनि पाको छैन

एक हप्ता भयो बाबु

केही खाको छैन ।

गाउ नै बिमारी छ

अज्ञात रोगको माहामारी छ

कती मरे थाह छैन

झाक्री लिन गाकी बुढी

अहिलेसम्म आको छैन

रेडियो त फुक्या फुकैछ

डक्टरहरु आउँदैछन

औषधी मुलो ल्याउदै छन

तर अहिलेसम्म कोही आको छैन

म पनि बिरामी छु

दवाइ छकी नानी

मैले त केही पनि खाको छैन ।

हामी त हजुर

दैवले पनि हारेका

सरकारले माया मारेका

नेताले झारु टारेका

तल मदानेको छोरो

सामान्य ज्वरो आइे मर्यो

माथि ओदाने छोरो

रुघाखोकी लाई भकलक्क पर्‍यो

रोगले मर्ने पनि हामी

भोकले मर्ने पनि हामी

कहिले हैजाको हाहाकारी

कहिले के रोगको माहामारी

डाक्टर साहब आउँदै छ भन्छन

तर अझै कोही आको छैन

म त भोगले मर्न आटे बाबु

तपाईंसँग केही छ की

आजसम्म केही खाको छैन ।

  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्