नक्कली पाँडे र जिग्री कुटिए

नक्कली पाँडे र जिग्री कुटिए

सुनसरीको झुम्कामा भएको झुम्का महोत्सवमा नक्कली पाँडे र जिग्री बनेर प्रस्तुति दिने कुटिएका छन् । स्रोतका अनुसार महोत्सवमा पाँडे र जिग्री बनेर प्रस्तुति दिने लेखान्त भुषाल र बेगम नेपाल कुटिएका हुन् । भद्रगोलमै बेलामौका देखिने स्पटब्वाईको रुपमा काम गर्ने लेखान्तले पाँडेको भुमिकामा प्रस्तुति दिन गएका थिए भने मेरी बास्सैमा भटभटे जिग्री बनेर बनेर प्रस्तुति दिन गएका थिए । तर, दर्शकले उनीहरु नक्कली भएको थाहा पाएपछि उनीहरुद्वयलाई कुटपिट गर्दै स्थानिय प्रहरीको जिम्मा लगाएका थिए । यसबारे भद्रगोलका पाँडे अर्थात् अर्जुन घिमिरेसँग बुझ्दा उनले नक्कली जिग्री र पाँडे बनेर प्रस्तुति दिन जाँदा उनीहरु कुटिएको आफूले थाहा पाएको बताए । उनले भने,‘झुम्का महोत्सवमा हामीलाई बोलाइएको थियो । हामी बैशाखको ४ गते पुग्दा मात्र थाहा भयो कि उनीहरु हाम्रो नक्कली बनेर अघिल्लो दिन नै पुगेका रहेछन् ।’ यसबारे नक्कली पाँडे बनेका भनिएका लेखान्त भुषालले भने सो आरोप पुरै निराधार भएको दाबि गरे । उनले भने,‘महोत्सवमा भद्रगोल र मेरी बास्सैको टोेलीलाई बोलाइएको थियो । त्यसैले मेरो साथी बिष्णु बुढाथोकी प्रहरीको ड्रेस लगाएर र मैले बुढो मान्छेको भेष गरेर प्रस्तुति दियौं । मैले गरेको भुमिका पाँडेसँग मिल्दै मिल्दैन ।’ प्रहरी हिरासतमा पुगेको कु्रालाई उनले प्रष्ट्याए,‘हामीले प्रस्तुति दिएपछि केही रक्सी खाएका युवाहरुले लछरपछार पार्दै प्रहरीेमा पु¥याए । प्रहरीले आयोजकले को–को आउँदैछ खुलाउनुपर्ने तर नखुलाएकाले आयोजककै गल्ति भएको देखायो र भोलिपल्ट बिहान ४ बजे हामी त्यहाँबाट हिँड्यौं ।’ भद्रगोल स्रोतकाअनुसार भद्रगोलमा स्पटब्वाइ गर्दै आइरहेका लेखान्त भुषाललार्ई भद्रगोलबाट हटाइएको छ । यसबारे लेखान्त भुषाल भने भद्रगोलको प्रसारण नै बन्द भएकाले आफू भद्रगोलमा नभई मेरी बास्सैमा रहेको दाबि गर्छन् ।@zestkhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्