जिर्ण भाको पुलजस्तै भयो लोकतन्त्र
सुक्नै लाग्या मुलजस्तै भयो लोकतन्त्र ।
राती सुत्दा मैले टाङ्ने प्वाल नै प्वाल भाको
थोतृएको झुलजस्तै भयो लोकतन्त्र ।
फुल्ने बेला नभइकन पुरै ओइलाएर
झार्नै लाग्या फुलजस्तै भयो लोकतन्त्र ।
भविष्यलाई बिर्सिएर डुली हिडिरहने
अल्लारेको हुलजस्तै भयो लोकतन्त्र ।