‘मोडल हन्ट’ अब नेपालमा पनि ,बिराटनगरमा अडिसन बैशाखको तेस्रो साता

‘मोडल हन्ट’ अब नेपालमा पनि ,बिराटनगरमा अडिसन बैशाखको तेस्रो साता

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ ।

बिहिबार एक बिज्ञप्तिी जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले प्रतियोगीताको बारेमा जानकारी दिएको हो । असारमा फाइनल हुने प्रतियोगीताका लागी आयोजनले आवेदन समेत खुल्ला गरेको छ । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्याउनले धमलाको भनाई छ ।

१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा युवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । देशका प्रमुख शहर काठमाडौ ,पोखरा, बिराटनगर, चितवन, धरान लगायतका स्थानबाट बैशाखको तेस्रो साताबाट पहिलो चरणको अडिसन हुनेछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्