“ति दिनहरु फर्की अवस्य आउलान् !!” (कबिता) – पुष्पा पालनचोके

“ति दिनहरु फर्की अवस्य आउलान् !!” (कबिता) – पुष्पा पालनचोके

आजकाल असनका गल्लीहरु हल्ला गर्छन्  रे!

टोल  टोलमा को -को मरे सल्लाह गर्छन्  रे!

यिनलाई ताप र राप दिने मानिसलाई-

सम्झी-सम्झी रुन्छन्  रे !!

आफ्नो भग्नावशेष आफै कोत्याउछान् रे !

आजकाल असनका गल्लीहरु हल्ला गर्छन्  रे

 

 

अगरबत्तिका बास्ना खोज्दै हिड्छन् रे !

मन्दिरमा बज्ने घंतिको आवाज- कुर्दै बस्छन् रे !

श्याम दाइको कान्छी नानी- "ताची ताची" गर्ने पाइला-

"wholesaleमा- wholesaleमा " कराउने साइला- माइला!

"खाली सिसी- कागज" कराउने मदेशी लवज!

तितित!!पपप्प!!!

साँघुरा ठाउँमा कुइकिने gear अनि clutch!!

खोज्दै रुन्छन् रे !

आजकाल असनका गल्लीहरु हल्ला गर्छन् रे!!

 

 

पागल सरि यी हास्छ्न् रे !

सुक्सुकाउछन्  रे!

कसैलाई बोलाउन खोजे सरी सुसेली बेस्सरी मार्छन् रे !

एक-अर्कालाई गाली गर्छन् रे !

दैबलाई  सराप्छन् रे !

.........................................

................................

..................................

 

 

त्यस्तैमा यस्तो पनि सुनिन्छ  रे -

"ति दिनहरु फर्की अवस्य आउलान्  !!"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्