दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न (गजल) – सर्मिला अधिकारी

दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न (गजल)  – सर्मिला अधिकारी

 

दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न
हत्या वलात्कार हुँदा पीडितमा निसाफ हुन्न

यो देशको कानुन दैवले मात्र जानुन्
अपराधीलाई आज कुनै यहाँ दवाव हुन्न

पत्ता लाउन गाह्रो छैन सफलता ज्वलन्त छ
प्रहरी जनशक्तिहरू कुनै अभाव हुन्न

साना तिनालाई ऐन ठूला वडालाई चैन
प्रत्येक ती पीडितका राज्यसँग जवाफ हुन्न

आज खुलेआम घुम्दै उल्टै सलाम ठोक्दै छ
यो देशमा फाँसी दिने कानुन त्यो किताव हुन्न ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्