धरहरालाई श्रद्धाञ्जली

धरहरालाई श्रद्धाञ्जली

 

काठमान्डौको नौ तले धरहरा
कमजोर जिर्ण थियो बिचारा
आफैलाई नसक्दा उभ्याउन टुक्रा टुक्रा भयो हजार
सभ्यताको धरोहर लड्यो पुर्यो कति जीवन बजार
अर्थायो प्राकृतिक शक्ति कति नशालु कति जहर
चढ्ने थियो रहर तर भत्की गयो अवशेष रह्यो शहर
संवेदना हरायो जस्तै गुमाए झै सहारा
ईतिहास टुहुरियो ध्वस्त हुदा धरहरा
ह्दय तलका भाव यि जो पोख्दैछ यो कलम
स्तब्ध नेपाल देश परिस्थिती छ स्तब्ध छु म कन
एकै निमेषको अस्तित्व बोके पनि पहिचानको थियो स्तम्भावली
लडी गयो हाय! नेपाल भयो खलबली
आकृती आउछ मानसपटलमा अझै झलझली
धरहरालाई ह्दयदेखि नै हार्दिक श्रद्धाञ्जली ।

- Moti ram

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्