थारु भाषाको फिल्म मिस थारुनी प्रर्दशनिमा

थारु भाषाको फिल्म मिस थारुनी प्रर्दशनिमा

विराटनगर ६ जेठ । थारु भाषाको पहिलो एक्सन मुभिज प्रदर्शनीमा आएको छ । कोशी भिजनको पहिलो प्रस्तुति समेत रहेको तथा सत्य घटनामा आधारित थारु समुदायमा हुने कथालाई समेटिएको फिल्मी निर्माण पक्षले जनाएको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मलेन गरी फिल्मको सम्र्पुण काम सकेर २ ठांउमा च्यारेटि सो समेत गरिसकको उक्त फिल्मका निर्देशक बद्री नारायण माझिले जानकारी दिनुभयो । उहांका अनुसार थारु समुदायको सास्कृतिक भेषभुषा, रहनसहनलाई विशेष प्राथमिकता राखिएको बताउनुभयो । करिब आठ लाखको लगानीमा निर्माण गरिएको र फिल्मको छांयाङकन चितवनको सौराहा, हेटौडा,रौतहट,लगायत पुर्वको रमणिय स्थालहरुमा गरिएको फिल्मका निर्माता महावती माझीले जानकारी दिनुभयो । मिस थारुनी फिल्मको मुख्य कलाकारहरुमा प्रज्वल माझी, ज्योति चौधरी,शिव नारायण माझी, अर्थलाल माझि र महावती माझी रहेका छन् । फिल्मको लेखन निर्देशन भने हुदुवा खवासले गरेका छन् ।

- प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्