गजल – शर्मिला अधिकारी

गजल – शर्मिला अधिकारी

गजल

दाल भात ढिडो गुन्द्रुक , खाना मेरो पहिचान हो ।।
झुप्रो घर छेउमा पाली , छाना मेरो पहिचान हो ।।

डोको नाम्लो ढाकार टेकान,ढिकि जातो कुचो देखी ।
मुरी पाथी धार्नी चौथाइ , माना मेरो पहिचान हो ।।

तोरी फापर घैया गहु , आलु देखी भटमाससम्म ।
कोदो मकै कुभिन्डोको , चाना मेरो पहिचान हो ।।

सुन्दा खेरी जङ्गलिको,सङ्ग्या दिन्छौ होला तिमी ।
तर पनि गिठ्ठा भ्याकुर ,गाना मेरो पहिचान हो ।।

आधुनिक भै कोट पाइन्ट , टाइ लगाइ हिंडे पनि ।
दौरा सुरुवाल ढाका टोपी , नाना मेरो पहिचान हो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्