“परपर गर, अब भर नपर”- राजु प्र.भट्टराई

“परपर गर, अब भर नपर”- राजु प्र.भट्टराई

अब भर नपर मन डर घर, थरथर नगर ।

परपर गर, अब भर नपर ।।

डगमग मन, भन पर सर ।

वरपर छल, अब भर नपर ।।

बन अब नर, गर पर नजर ।

छलफल गर, अब भर नपर ।।

मन धन, छटपट नगर ।

यत्रतत्र छल, अब भर नपर ।।

तहसनहस घर, डर सहर ।

झलमल गर, अब भर नपर ।।

दल छन् ठग, अब गडबड ।

परपर गर, अब भर नपर ।।

सहर नगर, फल ऋण जलन ।

गजब रहर, अब भर नपर ।।

ढलपल मन, एक एक नयन ।

सब एक गर, अब भर नपर ।।

तप गर जन, तन मन वचन ।

दल बल छल, अब भर नपर ।।

धन एक मन, पर सत शरण ।

रहर जहर, अब भर नपर ।।

राजु प्र.भट्टराई, विराटनगर जेठ 08

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्