“नारी” – कबिता काफ्ले

“नारी” – कबिता काफ्ले

 

म तिम्ले रोजेको गुलाब होईन,
न तिम्ले खोजेको शहर हूँ ।।
आगो लिएर नजलाऊ मलाई ,
म तिम्ले पिउने चुरोट होईन।।

म तिम्लाई सिगार्ने गहना होईन,
न तिम्रो चरणको दास नै हूँ ।।
गोली लिएर निशाना नलाऊ,
म रानी वनको शिकार होईन।।

म तिम्रो रबाफको विषय होईन,
न तिम्रो पीडाको कारणै हूँ।।
धार लिएर नरेट मलाई ,
म तिम्रा गीतको गितार होईन।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्