“फेरी सुरु भयो नेपालमा अर्को एउटा खेल”(कबिता) -भुवना सुबेदि

“फेरी सुरु भयो नेपालमा अर्को एउटा खेल”(कबिता) -भुवना सुबेदि

देश दिन दिनै संकटको दलदलमा फसिरहेको बेला

फेरी सुरु भयो नेपालमा अर्को एउटा खेल

अचानक कहाँबाट आयो बिनाशकारी भुकम्प

कयौ धन जन बनायो सखाप

पुराना मठ ,मन्दिर र संरचनाको पार्यो बिनाश

पढेका थियौ भूकम्पको इतिहास्

आज पार्यो आखाको अगाडी बित्यास

कतिका छोरा छोरी मरे पुरिएर

कतीका आमा बाबु सडे माटो मुनी कुहिएर

एक पल्ट मात्र कहाँ हो र बारमबार आउछ

हास्दा हास्दै छिन भरमा बिभत्स्य गराउछ

रोदन र चिच्याहाटको कोलहाल मचियो

एतिहासिक नेपालको धरहरा एकै छिनमा भत्कियो

हेर्दा हेर्दै काठमाण्डौ शहर बनायो मशानघाट

ओइरिन थाल्यो बिदेश बाट भूकम्प पिडित लाई राहत्

भत्केका छन घर अनि चर्केका छन बस्नु छ पालमा

फेरी सुरु भयो नेताहरुको लुछाचुढी सदनमा,

किन कि थुप्रै बिदेशी डलर आएको छ राहत

पुग्दैन त्यो राहत भुकम्प पिडित को हात हात्

मौका मा चौका हान्नेहरुले शुरु गरे नयाँ खेल

डलर जती सबै नेतालाई , पिडितलाई एक लिटर तेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्