“कम्जोर मुटु” – कबिता काफ्ले

“कम्जोर मुटु” – कबिता काफ्ले

 

मुटु दह्रो  भयो भने,
मान्छे  दह्रो हुन्छ भन्छन्।
मुटु कम्जोर हुने मान्छे,
एक्लै एक्लै रुन्छ भन्छन्।

समाजका सर्पहरु,
यही मुटुमा विष छर्छन्।
राज नेता अभिनेता,
ब्यापारीले खेती गर्छन्।

कहीले काही यही मुटुलाई,
आफ्नै मनको तीर लाग्छ।
सधैँ बाच्न जन्मे जस्तो,
मर्छुभन्ने पीर लाग्छ।

कहीले काही यो मुटुनी,
फुट्ला फुट्ला जस्तो हुन्छ।
यो सन्सारलाई लाको माया
टुट्ला टुट्ला जस्तो हुन्छ।
बस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्