तिमि चरी म चरा
सँगै उडौंला देखिने सारा आकाश
मायाको त्यान्द्रो जोडेर, खोजेर
बनाँउला कुनै हाँगामा हाम्रो गुँड
जहाँ,तिमि मलाई कुर्नु, म दाना खोजेर ल्याउनेछु
हाम्रा बचेरालाई उड्न सिकाउँदा तिमि
म त्यहि गुँडबाट तिमिलाई चियाँउनेछु
तिमि थकित भई फिरेपछि
तिम्लाई गाढा अँगालोमा भिर्नेछु
र भन्नेछु, प्यारी तिमि बिना म अधुरो छु
चैत-बैशाख आउलान् कहिले काँहि जीवनमा
भावनाले बनेको हाम्रो घर उडाउन खोज्लान्
म मायाको धागोले एक छेउ बाँध्नेछु
तिमि कसेर अर्को छेउ जोगाउनु
र देखाउनु, कति बिश्वासी छ हाम्रो माया
समयको पाइला चलिरहँदा जीवनको अन्तिम कुनामा
म तिम्रो काखमा लडि हात सुम्सुम्याउनेछु,तिमिसँगको पहिलो भेट सम्झनेछु
अनि चुम्नेछु तिम्रा बृद्ध ओठ,ठ्याक्कै पहिलो पटक झैं
र भन्नेछु, माया कति चाँढै बिते है यि दिन ?
- Saroj Karki