धरानमा तिन बर्षीया मुटु रोगी स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम

<span class='c1'>धरानमा तिन बर्षीया मुटु रोगी</span> <span class='c2'>स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम</span>

विराटनगर २२ असार ।
असार २६ गते शनिबारको दिन धरान १० स्थित सैनिक भवनमा तिन बर्षीया मुटु रोगी स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम २०७२ आयोजना गर्ने भएको छ ।
उक्त सांगितीक कार्यक्रम गरिमा डान्स सेन्टरको आयोजनामा हुने जनाइएको छ । सांगितीक कार्यक्रममा कलाकारहरु पन्ना राई, भिषण मुकारुङ, रोसन बान्तावा ,नविन राई ,राम दावा , हर्ष राई, रामबाबु राई, स्वर्णिम राई, महेश हाङ्खिम, कला किराती रहने जनाइएको छ ।
सेन्टरले धनकुटा भेडेटार ५ नाम्जेकी ३ बर्षिया स्पिकी राईको मुटुको भल्ब खोल्न अप्रेसन गर्नको लागि औषधी किन्नको लागि ३ लाख भन्दा बढि खर्च लाग्ने भएकोले उक्त सहयोगको लागि सेन्टरले सहयोगार्थ सांगितीक कार्यक्रमको आयोजना गर्ने भएको हो । बालिकाको आमाबाबुको नाजुक आर्थिक स्थिती भएको कारणले उपचार हुन सकेको छैन । बच्चाको उपचारार्थ सहयोगको लागि सांगितीक कार्यक्रमको आयोजना गरी सो रकम उनका आमाबाबुलाई रकम हस्तारण गर्ने आयोजकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्