आमाका नाममा किन नागरिकता  दिंदैनौ जन्तरे ?

आमाका नाममा किन नागरिकता  दिंदैनौ जन्तरे ?

-----------------------------
हिजो,
तिम्रो मरेको लाससँग जोडेर जिंउदै चितामा पोलेका हौ।
फेरि,
तिम्रै मृत्युको कारणसँग जोडेर नारीको शृङगार खोलेका हौ।मुन्डन गरेका हौ।
सम्झ,
एक पुरुषका बहु पत्नी तर एउटी बालविधवाले एक्लो कष्टकर जीवन बिताएको हो,तिम्रो समाजमा।
एउटी नारीलाई बोक्सी,डायनी,बेश्या जस्ता नाम दिएर चरित्र हत्या गर्ने तिम्रा विवेकहीन विचारले नारीका विषयमा के चिन्तन् गर्छ?
आफ्नो जीवनसँग टाँसेर,दास बनाएर,विज्ञापनमा, पोस्टरमा समेत टाँसेर तिम्रा ऑखा सेक्छौ।
आफैबाट बलात्कृत भएकी बेसहारा नारीको रुन्चे अनुहार हेरेर खिस्स हाँस्ने तिमी,आफ्नु चरित्रको वारेमा कहिल्यै बोल्यौ ??
चरित्र नारीको मात्र हुन्छ ?
तिमीलेनै बेवारिसे बनाएका रअन्य आधाशरीर छिनाएर जन्माएका सन्तान काखी च्यापेर मातृत्वको खोजीमा भौतारिएकी आमाप्रति तिमी कति कठोर रहेछौ!!
आफुले जन्माएको सन्तानलाई नागरिकक आधिकार दिन सक्तिन ?आमाले।
के तिम्रो राज्य कानुनी राज्य हो?
तिमी मात्रै नागरिक यो मुलुकका ?
सम्बिधानमा नारीका सबैखाले अधिकार सुनिस्चित गर्नु आबस्क ठानेनौ ??
तिम्रो राजनीति सुन्य छ बुझ्यौ ?
पर्ख,
नारीहरुको हिजोको क्रान्तिलाई सम्झ,
आज पनि तिम्रो अत्यचारलाई नारीको क्रान्तिले पल्टाउँदै छ।
फेरि एकपटक सोच,
यो
मुलुक तिम्रो मात्र होइन।
बस्
------

- कबिता काफ्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्