“उनी र गोली” -कृती अधिकारी

“उनी र गोली” -कृती अधिकारी

तिमी
वर्षाको गजगजे हिलो
छि: भन्दै रिसाउँछौ त्यो मेघसँग
उनी
बर्षाको रिमझिमे मौसम
रमाएर उड्छ मन उनको वेगसँग

तिमी
व्यस्तताको चक्रव्युहमा फसेको
हो आँधीसँग जुझेको
व्यस्ततामै अल्झिन्थ्यौ
त्यसैले कोही साथी चहिएनन्
उनी
पनि व्यस्तताले थाकेकी
मिहेनतले नै सफल भएकी
व्स्ततामा एक्लिन्थिन्
त्यसैले तिमी साथी चहिन्थ्यो

उनको चाहना, समस्या तिम्रो
तिम्रो चाहना, पिडा उनको
उनी तिमी सँगै पनि एक्लिन थालिन्
मुटुको भारको बानी बसालिन्
कहिले भातै मात्र खाइन्
कहिले आँसुले अघाइन्
आफूभित्र रहेको कालो भूतले
आँफैलाई खान सघाइन्
तिमी उनलाई नै गाली गर्दै
उपचार कहाँ लग्यौ रे!
आजकल उनको खुसी
त्यो बन्द गरेको
अर्काले दिएको
तितो तितो गोलीमा छ
कुनै दिन तिम्रो बोलीमा थियो,
पहिल्यै तिम्रो बोलीले गरिदिने काम
आज किनेको गोलीले गर्नुपरेको छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्