- परिवर्तन ढकाल
कुल्ङगार छोरा छोरी नजन्माउ आमा
कुसन्तान भए गर्भमै तुहाउ आमा ~
तिमीलाई असङ्ख्य सन्तान चाहिदैन
तिम्रो ख्याल गर्ने एक चाहिन्छ आमा ~
कुपात्रमा परेको एकले मास्छन सारालाई
सुपुत्रले हसाइरहन्छन तिमीलाई आमा ~
तिमी रोएको यो आखाँले हेर्न सक्दैन
ति ओठमा मुस्कान ल्याउनेको खाचो छ आमा ~
सकिदैन बाच्न धेरै अब पिरोलिएर
देव पुत्रको गर्भधारणमा जुट आमा ।