क्रिकेटमा यस्तो रेकर्डः एकै बलमा २८६ रन !

क्रिकेटमा यस्तो रेकर्डः एकै बलमा २८६ रन !

 

एजेन्सी । क्रिकेटका पारखीहरुलाई थाहै होला, एक बलमा बढीमा ६ रन हुन्छ । तर, एक बलमा २८६ रन भएको भन्ने तथ्य पढ्दा तपाईं अचम्मीत हुनुहुनेछ । तर, अचम्म नमाने हुन्छ ।
यस्तै रेकर्ड भेटीएको छ बेलायतमा । सन् १८९३ मा बेलायतकी महारानी भिक्टोरीया क्रिकेटको निकै ठुलो फ्यान भएकी थिइन् ।
भ्रखरै विकास हुँदै गएको क्रिकेटप्रति उनको ठुलो लगाव र रुचि थियो । त्यसै कारण उनले आफ्नो छुट्टै टिम बनाएकी थिइन् र स्क्याच नामक अर्को टिमलाई क्रिकेट खेल्न आमन्त्रण गरेकी थिइन् ।
खेल सुरु भयो । भिक्टोरीयाको टीमका एक सदस्य व्याट्सम्यानले बल सट हानेका के थिए, मैदानको विचमा रहेको एउटा रुखको टुप्पामा रहेको कापमा गएर बल अड्कीयो । बल नआउँदासम्म खेलाडीहरु दौडीरहे ।
रेफ्रिलाई विपक्षी खेलाडीले रनिङ रोक्न अपिल गरे । तर, रेफ्रि महारानीका अघि डराएर खेल रोक्न मानेनन् ।
अड्कीएको बल निकाल्न गएका विपक्षी खेलाडीले बल झिक्न सकेनन् । त्यस बेलासम्म २८६ रन बनिसकेको थियो । अन्तिममा बललाई गोली हानेर ध्वस्त पारिएको थियो ।
यो नै अहिलेसम्मको क्रिकेट इतिहाँसमा एक बलबाट बनेको सबैभन्दा ठुलो स्कोरका रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्