बन्दकर्ताले विद्यालय बन्द गराए

बन्दकर्ताले विद्यालय बन्द गराए

विराटनगर १७ भदौ । दश दिनसम्म निरन्तर बन्दपछि खुलेर छ दिनसम्म सञ्चालनमा आइसकेका सदरमुकाम गाईघाट क्षेत्रका निजी तथा सरकारी विद्यालयलाई आज बन्दकर्ताले फेरि बन्द गराएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र सो पार्टीअन्तर्गतको किरात समितिले आज उदयपुरका निजी तथा सरकारी विद्यालय बन्द गराएका छन् । उदयपुर जिल्लाको सदरमुकाम गाइघाटलगायत पूर्वी क्षेत्र बेल्टार नगरपालिका तथा पश्चिमी क्षेत्रका कटारीसहित तराइ भेगका सम्पूर्ण निजी विद्यालय, बजार र यातायात पूर्ण रुपमा बन्द गरिएको सङ्घीय समाजवादी पार्टी उदयपुरले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रसहित जिल्लाको पूर्वी भेगको निजी तथा सरकारी विद्यालय गरेर झन्डै १७० विद्यालयमा पठनपाठन बन्द भएको छ ।

- प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्