“दाजुभाईको लडाईमा जित हार हुँदैन् ” गजल – तेजन खड्का

<span class='c1'>“दाजुभाईको लडाईमा जित हार हुँदैन् ”</span> <span class='c2'>गजल  – तेजन खड्का</span>

 

दाजुभाईको लडाईमा जित हार हुँदैन्
किन सवमा एकताको बिचार हुँदैन ?

संघीयतामा मुलुक गएपनि ख्याल गर
तर सबले सोचे अनुसार हुदैन !

राष्ट्रसेवक को गुन जिउदै मार्दै तिरेपछि
भुकम्प पहिरो अव, के हाहाकार हुँदैन ?

नेताहरुले नै गर्दा देश यस्तो भको स्पष्ट छ
अब जनबाट सम्मान सत्कार हुँदैन

पैसामा लाशको मोल तोक्न थालेपछि
निर्दोश गरिबहरु को सिकार हुँदैन ?

देश नै विदेशको ईसाराले चलेपछि
नचलेको भए नि यहाँ, काट मारमार हुँदैन

आफ्नै स्वार्थमा लडिराख नेताहरु
जनताको सपना के साकार हुँदैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्