पेट्रोलियम पदार्थको मूल्य पुनः घट्यो

पेट्रोलियम पदार्थको मूल्य पुनः घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले गय राति १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८१ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजलको भाउ बारम्बार घट्दा पनि सार्वजनिक यातायातको भाडा भने घटाइएको छैन । प्रतिलिटर ५ रुपैयाँ भन्दा बढी फरक नपरी यातायातको भाडा दर समायोजन गर्न नमिल्ने भएकाले यसअघि डिजेलको मूल्य घट्दा पनि यातायात भाडा नघटाइएको हो । तर हिजोको मूल्य कटौतीसँगै पटक–पटक गरी डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटिसकेका कारण अब भने यातायातको भाडा घटाउन दबाब पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्