संगै बस्ने अधिकार नखोस नेपालीको – निस्चल पोखरेल

<span class='c1'>संगै बस्ने अधिकार नखोस</span> <span class='c2'>नेपालीको – निस्चल पोखरेल</span>

 

ए नेताहरु हो कति दुख दिन्छौं गरिब जनताहरुलाई
आफ्नो स्वार्थको लागि कतिदिन तड्पाउछौ सोझा साझा जनताहरुलाई
आखिर कस्तो नेपाल खोज्न लगायौ यी नेपालीहरुलाई
आफ्नै छर(छिमेकी, साथी(भाई लाई काटी कस्तो बनायौ यी नेपालीहरुलाई

आन्दोलनको नाममा दुख नदेउ अब
गरी खाने वातावरण बनाउ अब
आखिर के पाए जनताले पहिलेको आन्दोलनबाट
तिमीलाई सरकारमा पठाएकै थिए त आन्दोलनबाट

भाडाका टटुबाट अब कति दिन आन्दोलन गर्दछौं
अब जनता जागी सके, लखेटे कहाँ सरण पर्दछौं
अधिकार दिने नाममा अधिकार नखोस जनताको
जातिय राज्य मागेर संगै बस्ने अधिकार नखोस जनताको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्