५० लाख रुपैयाको ज्यान ! – सम्राट थापा

५० लाख रुपैयाको ज्यान ! – सम्राट थापा

 

ठाउँ ठाउमा  आगो द्न्की रहेको हुन्छ ,त्यस आगोको ज्वालाले जनतालाई पिल्साइ रहेको हुन्छ ,सरकार यो दुश्य  हेरी रहेको हुन्छ लाग्छ ति कानुकका आखामा रहेको कालो पट्टिले सारा नेपाललाई कालो अन्धकारमा डुबाएरहेको हुन्छ ,लुम्बिनीका बुद्ध पनि भाग्न खोज्छन्  तर उनीलाई नि यो आगोको ज्वालाले त्यही भस्म परिदिन्छ |

पानी  भनेर पेट्रोल लागेर सलाई बालि फरार हुने नेताको घर त के उनिहरु बसेको चोक सम्म  नि पुग्न आगो आइपुग्दैन तर जनता भने पिल्सिरहेका हुन्छन फेरी  आगोमा पेट्रोल छर्न निहुले उर्दी जारि हुन्छ यदी यो आगोमा होमिएर आहुति भए ५० लाख दिने मधेशी नामक नेपालका कुपात्र बाट जारी भएको उक्त उर्दी एक कान दुइ काँ हुदै मानवाधिकार संचार देखि लिएर बच्चा ले सम्स सुइँको पाउछ ,सामाजिक संजाल मा भरी तथा नाम गाली आउछ नेताजी फक् यु देखि लिएर धोति सोती इत्यादि तर कसैले पनि ति मधेसमा बस्ने नि नेपाली हुन् भनेर ए भाइ तिमो ज्यान को मुल्य ५० लाख भन्दा बढी छ आफ्नै भईलाई मारेर कुन खेल जित्छौ  भन्दैन मात्र गाली गरी राख्छ ,

उर्दी जे गरेको भोलि पल्ट नेता कै  चम्चा कैलाली स्थित टिकापुर पुग्छन घरघरमा गरिबीको फाइदा  उठाउदै भाबना माथि निरकुशता  सहित बलत्कार गर्दै सबैको ज्यान को मुल्य ५०लाख बनाएर बाहिरिन्छन , पहाडे र मधेशी बीच खाडल पैदा गरी दिन्छन बाहिर निक्लिदा मुखमा नसुहाउने हासो लिएर निक्लिन्छन | अर्को दिन आन्दोलन चर्किन्छ जनतालाई ५० लाखले अन्धो बनेको हुन्छ पुलिस बाध्य भएर गोलि चलाउछन गोलि को सिकार राम भजन बन्छ उ धर्ती मा बजर्न्छ तातो गोलि ले उसको  शारीर चिसो बनाउछ र उ पिडा बाट मुक्त हुन्छ , ४ जना छोरि र १ जना  छोरा र उस्की श्रीमती यस माया उस्को पृथक शरीर वरिपरी अविरल आसु झरे र बसी रहेका हुन्छन यता नेता झन ससक्त आन्दोलक को तयारी मा जुट्छन |राम भजन को सद्गत समाप्त हुन्छ त्यसो केहि दिनमा यस कुमारी ति चम्चासग आफ्नो पति ज्यान को  ५० लाख मुल्य माग्न उनीहरुको भट्टीमा पुग्छिन तर ति ब्बसोले उन्कै इज्जतमा कालो धब्बा लाएर पठाई दिन्छन उनि न्याय माग्न पुलिस चौकि पुग्छिन् तर त्यहा पनि निसाफ पाउदिन्न र आफ्ना सन्तानलाई लिएर ति नै उर्दी लाउने नेताको घर पुग्छिन तर कहाँ उनि लाई गेट मा बसेका पालेले भित्र जान दिन्छन उनि नेता हेर्न पनि पाउदिन्न उनि भित्र जान जिदि गर्छिन आफ्ना लाल बाला भोकै छन बनेर उनि ति पाले पाऊ पर्छिन् तर ति महिलाको आर्तनादले उनीहरु कहाँ मन पलिन्थियो र उनलाई धकेलेर रोढ़ को पल्लो भितमा पुरादिन्छन उनीमा उठ्ने दम सम्म बाकी रहदैन अब छोरा छोरी वरिपरी बाट आमा आमा  भनि रहन्छन तर उनि उनि आफ्नो गरिब तर सुखी परिवार ,सन्तान ,सिउदो पुछिएको समज्दै कहाँ हराउछिन कुन्नि साइरन  बजेको मन्त्रीको गाडी निक्लन्छ उन्को तन्द्रा भंग गर्न उनि मन्त्री ले आफु तिर हेर्छ भनी आखा तन्काएर हेरिन तर मन्त्रि यसरी हुइकिए कि यस माया  त्यहा छैन र कोहि छैन जस्तो गरी ,उस्कै पति  को लास लाई सिडी बनाएर चढेको मन्त्री ज्युले उनि लाई नहेरे पछि उनि फेरी तोलाइन परको सालिक जस्तै उन्को संसार सुनसान भयो चकमन्न रात जस्तै सुनसान फेरी केहि टाढा बाट बन्दुक पढ़केको आवाज आयो फेरी अर्को राम भजन सहिद भयो ,उसको मन चिसो भयो र केहि छिन पछी शरीर पनि .........

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्