समय (कबिता) – कृती अधिकारी

<span class='c1'>समय (कबिता) –</span> <span class='c2'>कृती अधिकारी</span>

समय:

अचम्मको छ

तिम्रो लागि बेग्लै

मेरो लागि बेग्लै

तिमी भन्छौ "घडिमा छ बज्यो साँझ पर्यो"

म भन्छु त्यतिबेला "ला! रात परिसक्यो!"

तिम्रोलागि सुर्योदय

तिमीलाई सात बजेसम्म पर्खेला!

मेरो लागि बिहानी अँध्यारोमै आइसक्छ

समयले त पक्षपात गर्यो हेर

तिमी र म मा, झन् समाजले त के नगर्ला!

कि गलत भएँ म?

के गर्नु हेरन समयनै यस्तो छ

दोषीलाई दोषी भन्न पाइदैन यहाँ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्