ए बन्द कर्ता! (कबिता) – कृती अधिकारी

<span class='c1'>ए बन्द कर्ता! (कबिता)</span> <span class='c2'>– कृती अधिकारी</span>

ए बन्द मगजका शिकारहरु,

यो बन्द नै रहेको

बल्दा बल्दा दन्कि नै रहेको

चर्पीका झिँगाहरु भन्कि नै रहेको

समस्यै समस्या र सुझावै सुझावको देशमा

म अर्को सुझाव दिन्छु

सक्छौ भने

मन्द मन्द

कट्यार कट्यार

काठेकिरा जसरी टोकीरहने हरुको मुख बन्द गर

सक्छौ भने

कचर कचर बोली मात्र झार्ने

सोझा जनतालाई भोकभोकै मार्ने

ताल पाउने बित्तिकै हरियो घाँस चहार्ने

विदेशीलाई नेपाली नागरिक बनाइदिने

नेपाली जनतालाई चैँ बिहारी भनेर नकार्ने

सही कुरा बोल्दा हकार्ने, लतार्ने, झपार्ने

र खान मात्र खोज्ने मुखहरु र

लुट्न मात्र खोज्ने हातहरु

बन्द गर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्