भन त सत्ता !! (कबिता) – प्रेम ओली

<span class='c1'>भन त सत्ता !! (कबिता)</span> <span class='c2'>–  प्रेम ओली</span>

तिमी

ब्रह्माले बनाकी हौ कि ईन्द्रले बनाकी हौ

तिमीले त मेनाकालाई मात्र होइन

उर्बशिलाई पनि मात गर्ने रहेछ्यौ

एक पटक टास्सिए पछी तिमीसङ्ग

छोड्नै नसक्ने नसा पो भएछ्यौ

विवाहित होस ब्रह्मचारी

नेता होस कि कर्मचारी

तिमीलाई अगालो मारे पछी

तिम्रो दिवाना नै हुँदारहेछन

तिमीलाई छोड्दा कती त

धुरु धुरु रुदारहेछन

भन त सत्ता

स्वर्ग कि परी हो कि जादुकी छडी हौ

बुझ्नै नसकिने कुन चिजको कडी हौ ।

देशलाई सुनको टुक्रा बनाउछु भन्ने पनि

तिमीलाई भेटे पछी सबको मगज भ्रष्ट हुदोरैछ

ऋशीमन भएकालाई पनि भ्रष्टचारले छुदोरैछ

देशको लागि मर्छु भन्नेहरु तिमीसङ्ग लागे पछी

कोही गती छाडी हिंड्ने

कोही मती छाडी हिंड्ने

जनताको लागी गर्छु भन्ने पनि जनतासङ्गै भिड्ने

भन त सत्ता

ब्रह्माले पठा हुन कि शंकरले पठाका हुन

के उर्बशिलाई जस्तै  ईन्द्रले खटाका हुन

तिमीलाई भने पछी त

दात झरेका नेता पनि मरेहत्ते गर्छन्

पिन्डा खान हिंडेका पनि भुतुक्क मर्छन

न पताए हेर त

त्येत्रा ठुला तपस्पी चित्रानन्दले पनि

तिम्रो लागि तपस्या कसरी भङ्ग गरे

तिमीसङ्ग डिभोर्स गरेका सुशिल दा पनि

फेरी पाईन्छ कि भनी दङ्ग परे

तिमीलाई पाउन ओली दाईले

कसरी हतार गर्दै कुदे

आन्दोलन छाडी मदेशी दल पनि

ओलि दाईसँग जुधे

तिमीलाई पाउन कोही तरङ्गीत भए

कोही स्वर्स लाउन दिल्ली समेत गए

राजा पनि तिमीसङ्ग भुतुक्क भए

राणा पनि तिमीसङ्ग लुतुक्क भए

आज पनि हरेक दलका नेता तिम्रै लागि मर्दैछन

नपाउनेले पनि तिम्रै लागि सडकमा आन्दोलन गर्दैछन

माने सत्ता तिमीलाई

अचम्मको लागेको त

तिम्रो जवानी कसरी सधैं टिक्याछ

अझ गजबको कुरो

एउटाले डिभोर्स दिन पाकोछैन

बजार कति चाडै तिम्रो जवानी बिक्याछ

द्रोपतीको लागि महाभारत

सिताको लङ्का युद्दा भए झै

तिम्रो लागि पनि यहाँ

कत्रो मारामार छ

कतिको बोली बाराबार छ

कोही तिमी बिना बाच्नै नसक्ने

कोही तिमी बिना हास्नै नसक्ने

भन त सत्ता

तिमी लक्ष्मी हौ कालिका हौ

के कुनै फिल्मको नायिका हौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्