गजल – रत्न सुब्बा

<span class='c1'>गजल  –</span> <span class='c2'>रत्न सुब्बा</span>

 

जिन्दगीले उस्लाई जरुर केही सम्झाएको हुनुपर्छ
केही खास भएरै, उ फेरी भट्टीसम्म अाएको हुनुपर्छ

उ बर्षा देखी चुपचाप रित्तो प्याला भरिरहेछ
जिन्दगीले उस्लाई बेस्सरी रित्याएको हुनुपर्छ

उ धुमिल-धुमिल आकाश हेरेर अक्सर टोलाई रहन्छ
मान्छेहरु भन्दै छन, कसैले उस्लाई पर्खाएको हुनुपर्छ

उस्ले मुकुराउनै बिर्सीसकेको छ आजकल
मलाई लाग्छ, उ दुनियाँसँग रिसाएको हुनुपर्छ

उ लाचार बनेर पाईला-पाईलामा बिश्राम खोजी रहेछ
उस्का जवान पाईतलाहरुलाई समयले थकाएको हुनुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्