तिमीलाई आफ्नै भनि भुल गरें मैले
तिमीमा आशक्त बनी भुल गरें मैले ।
जिन्दगीमा तिमीसँग संगै
हिंड्नलाई
कल्पनामा बाटो ख नि भुल गरें मैले ।
तिम्रो मेरो मिलनको प्रतिक्षामा कयौं
दिन अनि रात गनी भुल गरें मैले ।
तिमीलाई बिस्वास गरी कल्पनामा
रमि
मलाई त थाहा छ नि भुल गरें मैले ।
तिमीलाई मनको मान्छे भन्ने ठानी
मेरो
सर्वस्व नै सुम्पी पनि भुल गरें मैले ।