कबिता (कुमारित्व) – सुमन भण्डारी

कबिता (कुमारित्व) – सुमन भण्डारी

 

१३ बर्षमै बाउले मलाइ "बेस्या" बनायो,
जबकी १० बर्षमै मेरि आमाको मृत्यु भएको थियो ||
आमाको ममतामयी माया पाउने बेलामा,
मेरा सरिरमा यत्र-तत्र निल डाम हरु देखिन्थे,
र ती निल डामहरु अरु केही गर्दाका नभएर बाउ नामक राक्षसको,
कुरुप स्पर्सको प्रतिबाद गर्दाका थिए ||

मेरो रुहाइ, चिच्यावाहट र पिडाका आवाजहरु,
घर नामक मसानघाटमै बिलिन हुन्थे, मानौ कि त्यहा श्रीप एउटा मुर्दालाइ छोडिएको छ,
र मात्र त्यहा त्यसको अवसेस बाकी छ,
अनि इच्छा, चाहाना र स्वतन्त्रतालाई उसले अघि नै तिलान्जली दिइसकेको छ ||

रिसलाइ आफू भित्रै कुण्ठित गर्दै, प्रतिबादलाइ लत्याएर जब आज्ञाकारी हुनु पर्थ्यो,
लाग्थ्यो, २ मिटर डोरिको प्रायोजक कोहि भइ दिएको भए ?
रक्सिको गन्ध मिश्रति गन्हाएको स्वास,
जब मेरो अनुहारमा प्रत्यक्ष ठोकिन्थ्यो अनि टोकिन्थ्यो मेरो जिब्रो,
लाग्थ्यो कोहि ६ फुटे आयतकार खाडलको प्रायोजक भइ दिएको भए ?

म सम्झिदै छु आमा, यी भोका पुरुषहरू,
जो आफ्नी छोरी भन्दैनन, तिमी भन्छेउ "बलात्कारिलाई बाच्न पाउने अधिकार देउ"
कति संबेदना छ तिमिमा, किनकी तिमी बलत्कृत भएकी छैनौ,
तर म भन्छु के तिनलाइ मारदिए हुन्न ??
तर मेरो आवाज हावामै बिलिन हुन्छ यहाँ,
किनकी म यो समाजको नजरकी "बेस्या" ||

म रुन्छु, कराउछु, चिच्याउछु र भन्छु " म बेस्या हैन",
तर यो स्वार्थी समाजले नै पत्याउदैन,
अनि म तिर औंला तेर्साउदै आफ्नै ध्वजी उडाएर भन्छ "यो बेस्या भइ सकि" जब म १५ बर्षकी हुन्छु,
तर मेरो "कुमारित्व" १३ बर्समै ब्वासो बाउले निस्तेज पारी दिएको हुन्छ ||
अनि सबका सामु चिच्याएर भन्छु,
१३ बर्शमै बाउले मलाइ "बेस्या" बनायो,
जबकी १० बर्समै मेरि आमाको मृत्यु भएको थियो ||

नोट : यो कबिता कसैको वास्तविक जिबनमाथी लेखिएको हो | जो पिडित थियो उसको आवाज उठाउने चेस्टा गरिएको छ यसमा र अर्को कुरा अदालतबाट नै दोसि प्रमाणित भइ सकेपछी लेखिएको हो | अनि कतै यसबाट नकारात्मक सन्देस गएमा क्षमा पार्थी पनि छु किनकी सबैको मन, ब्यहबार एउटै हुदैन | र कतिपय साहित्यकार, साथी लगायत अन्य महानुभब हरुले यो कबितामा प्रयुक्त शब्दहरुलाइ अस्विल शब्द भनेता पनि म घमन्डका साथ भन्छु कि यहा प्रयुक्त शब्द कुनै पनि अस्विल र समाजबाट टाढा छैनन ||

`प्रतिबिम्ब´ सुमन
सक्रान्ती - ४ मुसेगैरा, तेर्हथुम
हाल :- बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्