मिस ग्लाम पूर्वाञ्चल २०१५ को उपाधी राधिका शर्मालाई

मिस ग्लाम पूर्वाञ्चल २०१५ को उपाधी राधिका शर्मालाई

विजय धिमाल
बिराटनगर १७ पौष
मोरङको बिराटनगर स्थित मोडीस नेपाल द्वारा पहिलो पटक आयोजित मिस ग्लाम पूर्वाञ्चल २०१५ को उजाधी सहित बेष्ट डिसिप्लिन मोरङ राजघाट–४ की राधिका शर्माले जितेकी छिन् ।
पूर्वाञ्चल भरीका १६ जिल्ला बाट पहिलो अडिसन झापाको बिर्तामोड र मोरङको बिराटनगरमा गरी जम्मा एक सय पचास सहभागी रहेको हो । दुई ठाउँ अडिसन बाट छनौट भई जम्म बिस जना मात्र अघि बढ्न सफल भएको थियो । बिस जना बाट पंन्द्र पन्द्र जनाबाट टप नौ बाटटप सात बाटटप पाँच लाई उछिन्दै राधिका (जेसिका) पहिलो मिस ग्लाम पूर्वाञ्चल २०१५ बन्न सफल भएकि भएकी हुन् ।
त्यस्तै फस्ट रनरअप पुष्पा कार्की, सेकेण्ड रनरअप परिस्ता नेपाल भएका थिए । जस्मा विजेताले नगद रु १ लाख सहित होण्डा स्कुटर हात पारेकी छिन, भने फस्ट रनरअपले नगद रु पच्चास हाजार सहित गिफ्ठ्याम्पर र सेकेण्ड रनरअपले नगद रु तिस हजार सहित गिफटठ्याम्पर रहेको कार्यक्रमका मेनेजिङ डाइरेक्टर धिरज यादवले जानकारी गराए । अन्य एवार्ड बेष्ट स्माइल धरानकी बिन्जु राई, बेष्ट पर्सनाल्टी उदयपुरकी पुष्पा कार्की, बेष्ट फिगर बिराटनगरकी दिपिका श्रेष्ठ, बेष्ट फोटोजेनिक उदयपुरकी स्मृति लिम्बु, बेष्ट ट्यालेन्ट धरानकी नेहा प्रधान, बेष्ट स्कीन धरानकी सिसारा राई, बेष्ट हेयर बिरटनगरकी नेहा धिमाल र बेष्ट क्यटवक बिराटनगरकी फरीस्ता नेपालले हात पार्न सफल भएका थिए ।
जर्जहरुमा नेपालका चर्चित व्यक्तिहरु जस्मा सिम नेपाल २०११ मलिना जोशी, म्युजिक भिडियो डाइरेक्टर÷समाजसेवि सुलोचना थिङ, मोडल÷एक्टर पुकार गौतम र मिस्टर नेपाल डा. आयूष्मान घिमिरे रहेका थिए । भने प्रमुख अतिथिमा कार्यक्रमका मेनेजिङ डाइरेक्टर धिरज यादवका बुवा देवनारायण यादव र आमा चन्द्रकला यादव रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्