अजिब छ दुनिया (कविता) – निश्चल पोखरेल

अजिब छ दुनिया (कविता) – निश्चल पोखरेल

कसैले आफ्नो इच्छा पुरा गर्न अरुको इच्छा दबाएको छ
त कसैले अरुको इच्छा पुरा गर्न आफ्नो इच्छा दबाएको छ

कसैले उपहार पाउनको लागि माया गरेको छ
त कसैले माया पाउनको लागि उपहार दिएको छ

कसैले अरुलाई रुवाउन आफु हासेको छ
त कसैले आफु रोएर अरुलाई हसाएको छ

कसैले शरीर देखाउनको लागि लुगा लगाएको छ
त कसैले शरीर ढाक्नको लागि लुगा लगाएको छ

कसैले राम्रो कामको लागि समाज खोजेको छ
त कसैले समाजको लागि राम्रो काम खोजेको छ

कसैले जातको लागि राजनीति खोजेको छ
त कसैले राजनीति को लागि जात खोजेको छ

कसैले हास्नको लागि जिन्दगी जिएको छ
त कसैले जिन्दगी जिउनको लागि हासी दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्