पूर्वाञ्चल कलेज प्रिन्सेसकाे दाेश्राे संस्करण हुने

पूर्वाञ्चल कलेज प्रिन्सेसकाे दाेश्राे संस्करण हुने

विराटनगर, ९ माघ ।

पूर्वाञ्चल मै सबै भन्दा बढि पुरस्कार राशी दावी गरिएकाे पूर्वाञ्चल कलेज प्रिन्सेसकाे दाेश्राे संस्करण विराटनगरमा हुने भएकाे छ ।

पूर्वाञ्चल कलेज प्रिन्सेस अायाेजक समिमितले अाज विराटनगरकाे श्री कृष्ण पार्टि प्यालेसमा पत्रकार सम्मेलन अायाेजना गरि अागामी माघ २६ गतेदेखि प्रतियाेगिताकाे छनाैट प्रक्रिया सुरु गरिने बताइएकाे छ । प्रतियाेगिताकाे लागी विराटनगर लगायत पुर्वका धरान, इटहरी, दमक लगायतकाे शहरहरुबाट प्रतियाेगीहरु छनाैट गरिने निर्देशक तथा काेरियाेग्राफर साजिद अालमले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुने प्रतियाेगिलाइ ५१ हजार रुपैयाँ सहित अन्य पुरस्कारहरु प्रदान गरिने अालमले बताए। यसका साथै मिस वाल्क, मिस फाेटाेजेनिक, मिस हेअर, मिस डिसिपिलेन लगायतका अन्य विधाहरुमा समेत बिजयी छनाैट गरिने उनले बताए ।

कार्यक्रमकाे सामाजिक अभिभारा स्वरुप भएकाे नाफाकाे १० प्रतिशत रकम सामाजिक संस्था युथ फर ब्लड माेरङलाइ प्रदान गरिने अालमले जानकारी दिएका छन् । प्रतियाेगिताकाे अायाेजककाे रुपमा एड हाेम एड्भरटाइजिङ रहेकाे छ  भने अावर विराटनगर डटनेट अनलाइन पार्टनरकाे रुपमा रहेकाे छ ।

साथै प्रतियाेगिताकाे फारम अावर विराटनगर डटनेटबाट पनि भर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्