मिस पुर्वेली सूपर माेडलकाे पाँचाै संस्करण हुने

मिस पुर्वेली सूपर माेडलकाे पाँचाै संस्करण हुने

सन् २०१२ देखि लगातार रुपमा विराटनगरमा अायाेजना हुँदै अाएकाे मिस पुर्वेली सुपर माेडलकाे पाँचाै संस्करण फाल्गुन महिनामा हुने भएकाे छ ।
अाज हाेटल नमस्कारमा भएकाे पत्रकार भेटघाटका अवसरमा अायाेजक संस्था ए वान इन्टरटेन्मेन्टका म्यानेजीङ डायरेक्टर निराजन लुइटेलले अागामी फाल्गुन १ गतेदेखि प्रतियाेगिताका लागि अडिसन खुल्ने जानकारी दिए ।
प्रतियाेगिताकाे अडिसन विराटनगर सँगसँगै विर्तामाेड, दमक र धरानमा समेत हुने लुइटेलले बताए । सन् २०१४ मा पुरस्कार राशी ५१ हजार रुपैया रहेकाे यस प्रतियाेगितामा गत वर्षदेखि प्रथम हुने प्रतियाेगिलाइ स्कुटर उपहार दिन थालिएकाे र साे काे निरन्तरता यस वर्ष पनि रहने उनले जानकारी दिए ।
यस संस्करणकाे काेरियाेग्राफरमा सपना राजबंशी रहेकी छिन भने अभिषेक नेपालले प्रतियाेगिताकाे संयाेजन जिम्मेवारी पाएका छन् ।

इच्छु प्रतियाेगिका लागी प्रतियाेगिताकाे फारम खुलीसकेकाे यस मिस पूर्वेली सुपर माेडलकाे अफिसियल अनलाइन पार्टनर अावर विराटनगर डटनेट रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्