“मिस नेपालको ड्रेस डिजाइनर मिस पुर्बेली सुपर मोडलमा ल्याउदैछौ “- निराजन लुइँटेल

<span class='c1'>“मिस नेपालको ड्रेस डिजाइनर मिस पुर्बेली</span> <span class='c2'>सुपर मोडलमा ल्याउदैछौ “- निराजन लुइँटेल</span>

बिराटनगर माघ १८

पुर्व अहिले सौन्दर्य प्रतियोगिताले एकदम तातेको छ । लगातार एकै महिना ३ प्रतियोगिता आयोजना हुदैछ। सबै प्रतियोगितालाई भब्य र फरक बनाउन सबै आयोजक लागि परेका छन् । सन् २०१२ देखि लगातार रुपमा विराटनगरमा अायाेजना हुँदै अाएकाे मिस पुर्वेली सुपर माेडलकाे पाँचाै संस्करण यस पटक बिशेष रहने मिस पुर्बेली सुपर मोडल आयोजक ए वान इन्टरटेनमेन्टका निर्देशक निरञ्जन लुइँटेलले बताए । पाच वर्ष देखि purbeliलगातार पुर्वमा रहेका सुन्दरी हरुलाई समेटदै आएको यस प्रतियोगितामा यस पटक मिस नेपालमा समेत ड्रेस डिजाइन गरि सक्नु भएकी डार्क एन्जल बुटिक काठमान्डौ कि डिजाइनर मिनु श्रेष्ठले बिराटनगर आएर यस प्रतियोगिताको लागि ड्रेस डिजाइन गर्ने हुनु भएको लुइँटेलले बताए । आगामी फाल्गुन १ गते पहिलो अडिसन राखेको यस प्रतियोगिताको फाइनलमा नेपालका चर्चित कलाकारलाई समेत सामेल गराएर कार्यक्रम भब्य बनाउने आयोजकले तयारी गरेको छ । आबेदन फारम खुल्ला भइ सकेको यस प्रतियोगिताको लागि उल्लेखीय मात्रमा युवतीहरु सामेल भइरहेको समेत लुइँटेलले बताए  । प्रतियोगिताको अफिसियाल फोटोग्राफर मेलिना फोटो स्टुडियोका संजय श्रेष्ठ रहेका छन् भने अनलाइन मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्